Logo

मन्त्रि तोसिमा भन्छिन् : मुसा मुसाले टोक्दा, कुकुरले टोक्दा टेकु अस्पताल नै आउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् ।

मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएकी हुन् । उनले विभिन्न खाले प्रकोपलाई धान्न सक्ने अस्पतालहरू पालिका स्तरमा बनाउन आवश्यक रहेको जिकिर गरेकी हुन् । उनले भनिन्, ‘अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । अब गाउँ गाउँमा, पालिका, पालिकामा, नगरपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धीका अस्पतालहरू हुन जरुरी छ ।

त्यस्ता प्रकोप धान्न सक्ने जोखिम उठाउन सक्ने अस्पतालहरू हुन आवश्यक छ । यो हामीले बनाउन सक्नुपर्छ । त्यसको लागि विकेन्द्रीकरण कसरी गर्न सकिन्छ, शुक्रराज अस्पतालले दिइरहेका सेवालाई कसरी विकेन्द्रीकरण गर्न सकिन्छ ? त्यसका लागि हामी तत्पर रहने छौँ । हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेन्डा बोकेर अघि आएका छौँ ।’ राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरुले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्