Logo

नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी पोषराज पोखरेललाई


नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायव महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो । प्रहरी नायव महानिरीक्षक पोखरेललाई ९८५१२-९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्