Logo

‘मरेको मान्छे जिवित वनाउने’ दावी गरेर भाईरल भएका सापकोटा बेपत्ता

मरेको मान्छे जिवित वनाउने औषधी आफुले पत्ता लगाएको अन्तरवार्ताका कारण चर्चामा आएको एक युवक सम्पर्क विहिन भएका छन् । चितवन घर भएका मणिरत्न सापकोटाले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिएर आफुले मरेको मान्छे ब्युँताउने औषधी फेला पारेको दावी गरेका थिए ।

आफुले खोजी गरेको औषधी मुसा र बट्टाइमा प्रयोग गरिसकेको र मान्छेमा परिक्षण गर्न भने बाँकी रहेको सापकोटाले दावी गरेका थिए । अकालमै मरेका मान्छेहरुलाई बचाउन सक्ने केमिकल मैले बनाएको छु’उनले भनेका थिए–‘यसकै परीक्षणका निम्ति भर्खर मृत्यु भएका व्यक्तिको शवको खोजीमा वीर अस्पताल आएको हुँ । अन्य अस्पतालमा पनि हामीले ताजा लाशहरु खोजिरहेका छौं ।’

कालगतिले, वृद्धावस्था र दुर्घटनामा परी अंगभंग भएका ब्यक्तिलाई बचाउन नसक्ने, तर झुण्डिएर, हृदयघात भएर वा अन्य आकस्मिक कारणले शरीरमा गम्भीर चोट नलागिकन मृत्यु भएकाहरुलाई बचाउन सक्ने सापकोटाको दावी थियो।

धेरैले उनको दाबीलाई नपत्याएर अर्को ‘विजय शाही’ को उपमा पनि दिएका थिए भने कतिपयले चाहिं संसारमा केही पनि असम्भव नहुने भन्दै उनलाई प्रयास जारी राख्न हौस्याएका थिए। अन्तर्वार्तामा सापकोटाका तीन वटा मोबाइल नम्बर पनि सार्वजनिक गरिएका थिए । अहिले उनका तीनवटै नम्बरमा फोन लाग्दैन ।

अहिले उक्त अन्तर्वार्ता युट्युबबाट हटाएको छ । आफ्नो नाम सागर बताउने उक्त युट्युब च्यानलका सञ्चालकले युवक नै सम्पर्कविहीन बनेपछि भिडियो हटाएको जानकारी दिए । उनको अनुसार सापकोटा चितवनमा फार्मेसी सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्