Logo

आज घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । मंगलबार रु १ लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु १ सयले घटेर १ लाख ६ हजार २०० सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ७ सय छ । । यसको मूल्य अघिल्लो दिन रू १ लाख ५ हजार ८ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु १ हजार ३ सय ६५ कायम रहेकोे महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्