Logo

प्रेम आचार्यको परिवारका लागि भगवान बनेर निस्किए चर्चित डाक्टर ओममुर्ति, गरे ठुुलो सहयोग

इलामका प्रेम आचार्यको नि’धनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ । योसँगै चर्चित डाक्टर ओममुर्ति अनिलले यो दुु’खद घडीमा प्रेमका छोरीहरुका लागि भनेर ५१ हजार रुपैयाँ सहयोग गरेको बताएका छन् । ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा ५१ हजार पठाएको भन्दै फेसबुक मार्फत जानकारी गराएका हुुन् ।

 

त्यो रकम सहयोग गर्दै डाक्टर अनिलले भनेका छन् “प्रेमजी को घटनाले स्तब्ध छु । मैले क़ेही आर्थिक सहयोग गरेको छु । समस्त मित्रहरुले पनि वहाँको छोरीहरुको लागि सकदो सहयोग गर्दिनुहोला फ़ोटोमा बैंक डिटेल छ ।” आफूले शरीरमा आ’गो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दु’खबारे समेत लेखेका थिए । उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध पनि गरेका थिए ।

नयाँबानेश्वर स्थित संसद भवन अगाडि आ’त्मदा’हको प्रयास गरेका प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पतालमा नि’धन भएको छ । आचार्यको नि’धन सँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताए ।

आचार्यलाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् । हिजो देखिको नि’राशा र पि’डाको परिणाम भएको बताउँदै उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आ’त्मदा’हको निर्णय फेर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्