Logo

रवि लामिछानेको पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज सफलले बुधबार निर्वाचन आयोगमा उजुरी दिएका हुन् । निष्क्रिय रहेको नागरिकताको प्रमाणपत्र पेस गरी लामिछानेले पार्टी दर्ता गरेको र सो नागरिकताको प्रमाणपत्र प्रयोग गरी उनले गरेका सबै काम सर्वोच्च अदालतले खारेज गरेको भन्दै पार्टी पनि खारेज गर्न माग गरिएको छ ।

लामिछानेले निष्क्रिय रहेको नागरिकताको प्रमाणपत्र प्रयोग गरी पार्टी दर्ता गरेका थिए भने सोही प्रमाणपत्रका आधारमा चितवन २ बाट चुनाव लडेका थिए ।

उपप्रधामन्त्रीसमेत बनेका रविले प्रयोग गरेको नागरिकताको प्रमाणपत्र सक्रिय नरहेको ठहर गर्दै सर्वोच्च अदालतले उनका सबै पद खारेज गरिदिएको थियो । सबै पद गुमाएपछि रविले नागरिकता पुनः प्राप्त गरिसकेर राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्