प्रधानमन्त्री बालेनको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा परिषद्को बैठक बसिरहेको छ ।

बैठकमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति तथा रक्षा सचिवलगायत उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको छ ।

बैठकमा राष्ट्रिय सुरक्षा र समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।