काठमाडौँ । प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले देशका सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखको मर्यादाक्रम समान बनाउन सरकारसँग माग गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरलाई अन्य महानगरका पदाधिकारीभन्दा माथिल्लो मर्यादाक्रममा राख्ने व्यवस्था विभेदपूर्ण रहेको भन्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
न्यौपानेले काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज महानगरका प्रमुख तथा उपप्रमुख समान संवैधानिक र कानुनी व्यवस्थाअनुसार निर्वाचित हुने भएकाले उनीहरूको मर्यादाक्रम पनि समान हुनुपर्ने बताएका छन् ।
जनप्रतिनिधिको मर्यादा भूगोलका आधारमा नभई जनादेश, संवैधानिक हैसियत र जिम्मेवारीका आधारमा निर्धारण हुनुपर्ने उनको तर्क छ । विद्यमान व्यवस्था सच्याएर सबै महानगरका पदाधिकारीलाई समान मर्यादाक्रम कायम गर्न उनले माग गरेका छन् ।























प्रतिक्रिया