Logo

‘प्रकाश’ लेखेका विकासले फेरी अर्को चलचित्र लेख्दै

बिगत लामोसमयदेखि नेपाली चलचित्र छायांकनका लागि आवश्यक सामग्री र पोस्टप्रडक्सनमा काम गर्दै आएको ‘मल्टिमेट’ले चलचित्र निर्माण गर्ने लागेका छन् । चलचित्र क्षेत्रमा लामो अनुभव लिएको यो कम्पनी चलचित्र निर्माणमा आएको हो ।

युवापुस्ताबीच लोकप्रिय गायक स्वप्न सुमन र उनको जोडीका रुपमा युवापुस्तामाझ चर्चित गायिका दिक्षिता कार्कीलाई लिएर राउतले यो चलचित्र बनाउँदैछन् । दिनेश राउतले बनाउन लागेको ‘अनटाईटल्ड’ चलचित्रलाई मल्टिमेटले बनाउन लागेको हो ।

यो चलचित्रलाई यसअघि ‘प्रकाश’ लेखेका विकास सुवेदीले लेखिरहेका छन् । बि.सं. २०८० को बैशाखमा छायांकनमा जाने यो चलचित्र सोहि बर्षको वडा दशैँमा रिलिज हुने लेखक सुवेदीले बताएका छन् ।

निर्माण कम्पनी मल्टीमेटका सञ्चालक जीवन थापा नेपाली चलचित्रका चर्चित सम्पादक तथा कलरिस्ट पनि हुन् । थापाले भने, “मैले दशक लामो समय नेपाली चलचित्रको प्राविधिक पक्षमा दिएको छु । अब मेरो अनुभवलाई लगानीको माध्यमबाट दर्शकमाझ लैजाने प्रयास गरेको छु ।”

प्रतिक्रिया दिनुहोस्