काठमाडौँ । सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णपुर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । नगरपालिकाको सडक निर्माण योजनाको अन्तिम बिल भुक्तानी गरिदिने क्रममा उनले घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
आयोगका अनुसार चौधरीले ५० हजार रुपैयाँ चेकमार्फत र एक लाख रुपैयाँ बैंक खातामा गरी कुल डेढ लाख रुपैयाँ लिएका थिए । अख्तियारले उक्त रकम बिगो कायम गरी असुल गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय गर्न माग गरेको छ ।




















प्रतिक्रिया