Logo

समिर बलामीको अध्यक्षतामा चलचित्र पत्रकार संघ नेपालको नयाँ नेतृत्व चयन

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । काठमाडौं हिजो सम्पन्न २३ औं साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् ।

निर्वाचनमा एक सय ५२ मत खसेको थियो । उपाध्यक्षमा कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भएका छन् । यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने महासचिवम कडा प्रतिसप्रधाको साथ् रघुनाथ सापकोटा विजयी भएका छन् । सचिव खुल्लामा पनि कडा प्रतिसप्रथाको साथ नवीन गिरी निर्वाचित भएका छन् भने , सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् । कोषाध्यक्षमा मनिष कार्की, सह कोषाध्यक्षमा मनिष अन्जान दाहाल विजयी भए ।

यस्तै, समावेशी सदस्यमा महमद जलिम र महिला सदस्यमा सुष्मा कार्की निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाई, सिपी जैसी र सुरेन्द्र थापा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्