Logo

माइतीघरमा काठमाडौँ महानगरले धर्ना बस्न नदिने

लाेकतन्त्रलाई न्याय चाहियो भन्दै जुम्लाका नन्दराज उपाध्याय माइतीघरमा धर्नामा बसिरहेका छन्। फागुन १२ गतेदेखि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बस्दै आएका छन्।

दिनहुँ जसो आज पनि धर्ना, आन्दोलन गर्न पाउने ठाउँनेर उनीलगायत अन्य अभियन्ताहरू पनि बसिरहेका थिए। तर आज भने काठमाडौँ महानगरको नगर प्रहरीले उनीहरू बसेकाे ठाउँबाट हटाउन खाेज्याे। त्यही क्रममा महानगर प्रहरी र धर्नाकारीहरूबीच केही बेर धकेलाधकेलसमेत भयाे। पछि नजिकै रहेका प्रहरीकाे सहयाेगमा उनीहरू पुनः त्यही ठाउँमा बस्न सफल भएका छन्।

धर्नामा बसिरहेका उपाध्यायले नगरप्रहरीले दु:ख दिने काम गरेकाे बताएका छन् । ´राज्यले नै आन्दोलन गर्न पाउने भनेर ताेकिएकाे ठाउँमा हामीहरू बसेका थियौँ । महानगर आएर हटाउन खाेज्यो, उनले भने। महानगरकाे सार्वजनिक क्षेत्रमा सवारीसाधनमा अवराेध हुनेगरि धर्नामा बस्न नपाउने महानगरले जनाएको छ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले पुरै बाटाे कब्जा गरेर बसिरहेकाहरूलाई साइडमा गएर बस्न भनिएकाे बताएका छन्। ‘४ जना पुरै बाटाे छेकेर बस्न त मिल्दै न नि। उनीहरूकाे आन्दाेलन गर्ने अधिकार हाे । तर आधिकार प्रयाेग गर्न खाेज्दा अर्काकाे अधिकार पनि खाेस्नु भएन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्