Logo

हजरिया सेवा समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा ७३७ जना महिलाको पाठेघरको उपचार, ३० जनाको शल्यक्रिया गर्नुपर्ने

हजरिया सेवा समाजले सर्लाहीको बरहथवा नगरपालिका–२, हजरियामा आयोजित २ दिने स्वास्थ्य शिविरमा ७३७ जना महिलाको पाठेघरको उपचार गरिएको छ । हजरिया सेवा समाजको आयोजना र रिप्पल नेपालको प्रविधिक सहयोगमा दुई दिने स्वास्थ्य शिविरमा ठूलो संख्यामा स्थानीय महिलाहरुले सेवा लिएका छन् ।

हजरिया सेवा समाजका अध्यक्ष अशोक कार्कीले ७३७ जना महिलाहरुलाई सेवा दिन पाएको जानकारी दिए । उनका अनुसार ८० जना पाठेघर खसेका, ३४ जनाको पाठेघरमा रिंग राखिएको, ३० जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ । थप उपचार र शल्यक्रिया भने धुलिखेल धुलिखेल स्थित एक अस्पतालमा हुने भएको छ ।

शिविरको लागि गएको डाक्टर टिमलाई बस्न र खानुको लागि बरहथवा नगरपालिका वार्ड न.१, २, ३, ४ र १५ सहयोग रहेको संस्थाका उपाध्यक्ष नरेश थापाले बताए । उपचार गर्न भनेर आएका महिलाहरु एकदमै खुशी भएर फर्किएको कोषाध्यक्ष सन्तोष पोखरेलले अनलाइनटिभी नेपाल जानकारी दिए ।

बरहथवा नगरपालिका–२ का वडा अध्यक्ष चेत बहादुर राउतले संस्थाले सधैं भरि सहयोगी काम गर्दै आएको र आफ्नो ठाउँ यस्तै खाले जनचेतना सम्बधित कामहरु गर्नु पर्ने बताए । राउतले यस भन्दा पहिले हजरिया सेवा समाजले साउन महिनामा बरहथवा नगरपालिका १, २, ३, ४ र १५ मा बरहथवा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई १०१ थान पंखा वितरण पनि गरेको बताए ।

शिविरको बरहथवा नगरपालिकाकी मेयर कल्पना कटुवालले सहयोगी संस्था,डाक्टर टिम र स्काउटको टिमलाई सम्मान पत्र प्रदान तथा बिदाई कार्यक्रम गर्नुभएको हो । हजरिया सेवा समाजले वर्षेनि सामाजिक काम गर्दै आइरहेको छ , गर्ने छ भने विश्वास लिएको मेयर कटुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्