Logo

वर्षको ‘उत्कृष्ट क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार नवीन गिरी सम्मानित

क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७९’ बाट अनलाइन टिभी नेपालका अधक्ष्य नबिन गिरी सम्मानित भएका छन्।

रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा गिरीलाई उक्त पुरस्कार प्रदान गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गिरीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

बिरगंज देखि पत्रकारिता सुरु गरेका गिरी हाल आफनै संचार माध्यमा कार्यरत छन्। कला क्षेत्रमा बिशेष कलम चलाउने गिरी चलचित्र पत्रकार संघको २०७६ सालमा सदस्य पदमा अत्याधिक मतले विजय भएका थिए। केहि समय अघि भएको चलचित्र पत्रकार संघको चुनावमा उनी सचिव पदमा निर्वाचित भएका छन् । १ दशक देखि पत्रकारितामा सक्रिरहेका गिरी पत्रिका, रेडियो, टिभी, अनलाइन तथा बिभिन्न संचार माध्यमा अनुभव बटुलीसकेका छन्।

पत्रकारिता आफनो क्षमता र कुशलता प्रदर्शन गर्दै आएका गिरी चलचित्र पत्रकारिताको संस्थागत बिकाश र प्रवर्द्धनमा महत्पूर्ण भूमिका खेलेको भन्दै रिपोर्टर्स क्लब नेपालले उनलाई सम्मानित गरेको हो। चलचित्र पत्रकार संघका सचिव रहेका गिरी हजरिया सामाज सेवाका स-सचिव समेत हुन्। उनले २०६७ देखि पत्रकारिता सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्