Logo

मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।

पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए । मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ । एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ । मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्