Logo

अवहेलना उजुरीको फन्दामा बालेन्द्र शाह अधिवक्ता वर्षाकुमारी झाको बालेन्द्रसँग के को रिस राग ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको बिरुद्दमा अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । केही दिनअघि मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउन नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए । उनले उक्त आदेशको आफूले पालना नगर्ने भन्दै अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाएका थिए ।

उनले आफ्नो स्टाटसमा यस्तो स्टेटमेन्ट दिएका थिए, जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनीसके पछि उनिहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

यहि आरोपप्रति अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतमाथि भएको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ । अव मुद्दाले के कस्तो रुप लिनेछ त्यो त हेर्न बाकी नै छ, तथापि उनको बिपक्षमा फैसला आएको खण्डमा उनको पद नै जान सक्ने हुन्छ ।

उनले यद्पि उच्च अदालत पाटनले निर्णय गरेको भोलिपल्ट बाटै माहनगर भित्रका हलहरुमा हिन्दि फ्लिम चल्न थालिसकेका छन् । आदिपुरुषलाइ भने निर्माण टिमले नै नचलाउने निर्णय गरेको छ । मेयर शाहले अदालतको निर्णय मान्दिन भनेर स्टाटस लेखेपनि अदालतले निर्णय सुनाएको भोलिपल्ट महानगरले नगर प्रहरीहरुलाइ हलबाट फिर्ता बोलाउदै हिन्दि फ्लिम् चल्न दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्