Logo

ललितपुर महानगरले सार्वजनिक गर्‍यो ६ अर्ब ५० करोडको बजेट

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ ।

महानगरको नगरसभामा आइतवार उपप्रमुख मञ्जीला शाक्यले रु ६ अर्ब ५० करोड ५ लाख ८८ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

आइतबार उपमेयर मञ्जिला शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्