Logo

बोतल प्रहार गर्ने ती नेपालीलाई कार्वाहि नगर्न प्रकाश सपुतको प्रहरिलाई अनुरोध

रोमानिया गीत गाउनका लागि पुगेका गायक प्रकाश सपुतमाथि दुर्व्यवहार भएको छ । स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार गरेका हुन्।

दुर्व्यहार लगत्तै सुरक्षामा खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रओमा लिएको थिए । बोतल प्रहार गर्ने ती नेपालीलाई कारबाही नगर्न सपुतले पहरीलाई अनुरोध गरेका छन्। आफूले माफी दिइसकेकाले थप कारबाही नगर्न रोमानियाका प्रहरी अधिकारीलाई उनले अनुरोध गरेका छन ।

उनले आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा उनीमाथि बोतल प्रहार भएको थियो। सपुतले आफ्नो नाकमा सामान्य चोट लागेको बताएको जानकारी दिएका छन ।

उनी गायिका प्रिती आलेसँगै ‘याद नेपाली म्युजिक फेस्टिवल २०२३’ मा सहभागी हुन त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्