काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका उपलब्धिबारे जानकारी गराएका छन् ।
शुक्रबार अपराह्न शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गतेको दुईदिने भारत भ्रमण तथा भारतीय समकक्षीसँग भएका द्विपक्षीय भेटवार्ताबारे राष्ट्रपतिलाई विस्तृत जानकारी गराएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारबाही, अध्यादेश र समसामयिक विषयमा समेत छलफल भएको थियो ।
यसअघि आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । लामिछानेको भेटलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन् ।

















प्रतिक्रिया