Logo

निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन, सोही बमोजिम नपाए सम्पर्क गर्न आग्रह

काठमाडौं, असार १४ । काठमाडौँ महानगरपालिकाले महानगरका सबै निजी विद्यालयलाई सामुदायिक विद्यालय सरह तलब दिन निर्देशन दिएको छ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बिहीबार शिक्षकहरूको तलब स्केल सूची सार्वजनिक गर्दै सरकारले तोकेअनुसार तलब नपाउने निजी विद्यालयका शिक्षकलाई महानगरमा सम्पर्क गर्न बालेनको अनुरोध गरेका छन् ।

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने अनुसारको तलब सुविधा संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन बालेनले सूचित गराएका छन्।

बालेनले सार्वजनिक गरेको उक्त तलबमान ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल रहेको बताइएको छ।

यस्तै, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम बालेनको उक्त सूचनामा हुने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्