Logo

वेस्ट इन्डिजविरुद्ध कुशल भुर्तेलले लिएको क्याच आईसीसीद्वारा‘प्ले अफ द विक’ घोषित

काठमाडौं,१४ असार । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जिम्बावेमा भएको विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले लिएको क्याचलाई ‘प्ले अफ द विक’ घोषणा गरेको छ ।

आईसीसीले बिहीबार साँझ भुर्तेलले लिएको उक्त क्याचको फुटेज सार्वजनिक गर्दै ‘प्ले अफ द विक ’भएको घोषणा गरेको हो ।

करण केसीको बलमा उनले वेस्ट इन्डिजका प्रारम्भिक ब्याट्सम्यान कायर मेयर्सलाई क्याच आउट गरेका थिए । बाउन्ड्रीतर्फ दौडदै उनले डाइभ गरी सानदार क्याच लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्