Logo

४६.५ ओभरमा अलआउट हुँदै युएईले दियो नेपाललाई १८२ रनको लक्ष्य

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअपको खेलमा यूएईले नेपालसामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बावेमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएई सामान्य प्रदर्शन ४६ दशमलव ओभरमा १८१ रनमा अलआउट भएको छ ।

यूएईलाइ सस्तैमा अलआउट गर्नेक्रममा बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान तीन तीन विकेट लिए । ९ ओभर बलिङ गरेका करणले ३६ रन खर्चेर ३ विकेट लिएका हुन् भने १० ओभर बलिङ गरेका सन्दीपले मात्रै २३ रन दिएर तीन विकेट लिए । त्यस्तै प्रतिश जिसी,गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।

१८२ रनको लक्ष्य पाएको नेपालले केहीसमयमा आफ्नो जवाफी ब्याटिङ थाल्दैछ । आजको खेलको विजेताले सातौं स्थानको लागि आयरल्याण्डसँग खेल्नेछ भने पराजित हुने टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्