Logo

ललिता निवास जग्गा प्रकरण: महानगरका अधिकृतपनि पक्राउ, निवासको संरचना हटाउन महानगरको बालेनको २४ घन्टे अल्टिमेटम…(भिडियो सहित)

काठमाडौं- काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भटराईलाई प्रहरिले पक्राउ गरेको छ । ललिता निवास जग्गा प्रकराण्मा प्रहरिले आइतबार काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भटराई सहित अन्य २ जनालाई पक्राउ गरेका हो । अन्य दुईजनामा बाबुराजा महर्जन,घमनकुमार कार्की रहेको छन ।

प्रहरि नियन्त्रणमा रहेको महर्जन नक्कली मोहि रहेका छन भने कार्कि २०६७ सालमा नापी कार्यालयका कर्मचारि हुन त्यस्तै हाल पक्राउ परेका काठमाडौं महानगरका अधिकृत भटराई २०६० सालमा कामनापा ४का वडासचिव थिए । यि तिन जना सहित सिआइबिले हाल सम्म यस प्रकराणका ७ लाई पक्राउ गरेको छ । यता महानगरका अधिकृत ललितानिवास जग्गा हिनामिनाको आरोपमा प्रहरि नियन्त्रणमा रहे पछि मेयर बालेन शाहलाई ठुलो झटका लागेको छ ।

बालेन शाह मेयरमा निर्वाचित भएसंगै उनले भष्टाचार रअनियमिततामा शुन्य शहनशिलता अपनाउने बताउदै आएका छन । केहि महिना अघि मेयरशाहले आफना कर्मचारिले भ्राष्टाचार गरेको र घुस मागेको थाहा पाएमा सिधै फोन गर्न आफनो नम्बरपनि साझा गरेका थिए । यति हुदा हुदै पनि मेयर शाहका कर्मचारिहरु यति ठुलो प्रकरणमा नाम जोडिएर प्रहरि नियन्त्रणमा रहेका छन ।

आइतबारनै महानगरले ललिता निवास जग्गा परिसरमा बनेका व्यतिmका घर , भाटभटेनिका स्टोर , बसपार्क, गाडिका ग्यारेज लगायतका संरचनाहरु ह्टाउन समेत निर्देशन दिएको छ । मेयर बालेन शाहको निर्देशनमा महानगरका प्रहरि र प्राविधिकको जम्बो टोलिले अनगमन गरेका थिए भने ,महानगरले ७ दिने अल्टिमेटम दिदै संरचनाहरु ह्टाउन भनेको छ । निर्धारित समयमा ति संरचनाहरु नहटाएमा डोजर चल्ने समेत महानगरले चेतावनि दिएको छ । यस्तै खालि जग्गामा महानगरले तारजालि लगाउने योजना बनाएको छ । महानगरले एक सुचना प्रकाशित गरि अनाधिकृत संरचना भत्काउन र भवन निर्माण कार्य भइरहेको भए उतm कार्य र रोक्न सुचित गरेको छ ।

त्यस्तै सामुदायिक विधालयमा अध्यनरत विधार्थिहरुलाई छात्रवृति प्रदानकालागि लिइने परिक्षा काठमाडौं महानगरपालिकाले नै लिने भएको छ । काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०र०८१ देखि काठमाडौँ महानगरपालिकाले आफैले गर्ने मेयर बालेन शाहले बताएका छन् ।

छात्रवृतिका लागि परिक्षा महानगर आफैले सञ्चालन गरि सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने मेयर शाहले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारि गराएका छन् । पद र शतिmको आडमा ,,आफनो मान्छेहरु छात्रवृतिमा पढाउनका लागि दबाब बढदै गएपछि महानगरले उक्त कार्य रोक्न यस्तो निति ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्