Logo

ललिता निवास प्रकरण : पक्राउ परेकाहरूमाथि सङ्गठित अपराधमा पनि अनुसन्धान अघि बढ्यो

काठमाण्डाै – ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूमाथि नेपाल प्रहरीले सङ्गठित अपराधमा पनि अनुसन्धान अघि बढाएको छ ।

सरकारी कागजात लिखत किर्ते गरेर एक सय ३४ रोपनी जग्गा हडपेको भन्दै नाै जनाविरुद्ध प्रहरीले सङ्गठित अपराधको कसुरमा म्याद थपेको हो । उनीहरूलाई सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डाैले सात दिनको म्याद दिएको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयाेगका पूर्वआयुक्त सुधीर शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका नाै जनालाई म्याद थपको आदेश प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्