Logo

एमालेले माग्यो सदनबाटै प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं- संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । प्रधानमन्त्री प्रचण्डले गत सोमबार काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिले देशको शिर निहुराएको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिवयक्तिप्रति आपत्ति जनाउँदै राजीनामा मागेको हुन् । उनले प्रधानमन्त्रीको राजीनामा नआए सदन चल्न नदिने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्