Logo

रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा

रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ । टाढापोटी फिल्मस् प्रालिले आज राजधानीमा एक कार्यक्रमकाबीच शो आयोजना गरिने घोषणा गरेको हो ।


बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरूका लागि एउटा गलिलो प्लेटफर्म उपलब्ध गराउने शोको उद्देश्य रहेको शोका निर्देशक नरेशनाथ योगीले बताए ।

टेलिभिजन रियालिटी शोको रूपमा तयार हुने शोमा विश्वका जुनै कुनामा छरिएर रहेका नेपालीभाषी नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । सहभागीले अडिसन आफ्नो मातृभाषामा पनि दिन पाउनेछन् ।
कार्यक्रममा सहभागीले आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारको रूपमा प्रस्तुत गर्नुपर्नेछ ।
सहभागीका लागि आयोजकले अनलाइन अडिशन खुल्ला गरेको छ । अडिशनमा छनोट भएका सर्वोत्कृष्ट १८ जनाबाट मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले बताएको छ

वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोको निर्णायक रहनुभएको छ । कार्यक्रमको होष्ट कलाकार कामेश्वर चौरसियाले गर्नुहुनेछ ।

शोका विजेताले नगद १५ लाख र सवारीसाधन, दोस्रो हुनेले नगद १० लाख र सवारीसाधन तथा तेस्रो हुनेले नगद ५ लाख र सवारीसाधन उपहारको रूपमा प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । त्यसैगरी चौथो र पाँचौँ स्थान हासिल गर्नेले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

फाइनल अस्ट्रेलियामा हुने कार्यक्रम टेलिभिजनमा भने १६ हप्तासम्म चल्ने छ । कार्यक्रम अवधिभर प्रतियोगीहरूले कुनै भाषा, लैंगिक, समुदाय, जातजाती, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने प्रस्तुति भने राख्न नपाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्