Logo

युवाका समस्याको जरो खन्न रोहित मल्ल, हिमेश पन्तदेखि बैंकर मनोज ज्ञवालीसम्मको निशुल्क सेमिनार ‘Right Path Career Counseling presents BREAKTHROUGH with Rohit Malla’

गैरनाफामूलक सामाजिक संस्था युनिभर्सिटी अफ थ्री जेनेरसनको आयोजनामा ‘Right Path Career Counseling presents BREAKTHROUGH with Rohit Malla’ एक दिने उत्प्रेनात्मक कार्यक्रम हुन गैरहेको छ। आउदो भद्र १९ गते मंगलवारका दिन हुने उक्त कार्यक्रम कमलादीको प्रज्ञा प्रतिष्ठान मोटीभेसनल स्पिकर रोहित मल्लको साथमा हुने छ। मोटिभेसनल स्पिकर रोहित मल्ल बिगत ७ वर्षदेखि देशका बिभिन्न स्थानहरुमा पुगेर उत्प्रेणात्मक कार्यक्रम संचालन गर्दै आइरहेका छन्। कार्यक्रमको मुख्य उदेश्य युवावर्गका बिद्यमान समस्यालाई समाधान गर्दै सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने रहेको छ।

No description available.

यस कार्यक्रमको मिख्य प्रायोजको रुपमा बिगत लामो समयदेखि बालक , बयस्क र बृद्ध लाइ एक आपसमा अन्तरक्रिया गराउदै सिक्ने र सिकाउने सामाजिक संस्था युनिभर्सिटि अफ थ्री जेनेरेसन रहेको छ। यस सेमिनारमा अतिथि वक्ताको रुपमा नेपाल राष्ट्र बैंक लि. का डि.सी.ई.ओ बैंकर तथा सी.ए. मनोज ज्ञवाली ,कमेडियन तथा युवा राजनीतिज्ञ हिमेश पन्त , पुर्व मिस नेपाल अस्मि श्रेष्ठ , उद्धमी बिष्णु हरि पाण्डे , उद्धमी सिङ बहादुर मोक्तान तथा सामाजिक अभियान्ता / राजनीतिज्ञ पुकार बम रहने छन्। भाद्र १९ गते बिहान १० बजेदेखि सुरु हुने यस कार्यक्रममा १५०० भन्दा बढी युवाहरुको उपस्थिति रहने आकलन गरिएको छ। यस कार्यक्रममा प्रोडक्सनमा भने अभियानी प्रोडक्सन , अफिसियल फोटोग्राफरमा फोटो एक्सप्रेस नेपाल रहेको छ।

 

No description available.

प्रतिक्रिया दिनुहोस्