Logo

असोज १ गते देखि फोहोरमैला ढुवानी ठप्प पार्ने चेतावनी,महानगरको दाबी– हामीले भन्दा पनि संघीय सरकारबाट गर्नुपर्ने काम बाँकी

काठमाडौं महानगरपालिका र ल्यान्डफिल साइट बन्चरेडाँडा–सिसडोलका बासिन्दाबीच एक महिनाअघि फोहोर यथोचित रूपमा व्यवस्थापन गर्ने, बन्चरेडाँडा र सिसडोलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्न विज्ञसहितको टोली तुरुन्त पठाउनेलगायतका सहमति भएको थियो । सहमतिपछि बन्चरेडाँडा–सिसडोलवासीले काठमाडौं उपत्यकाको फोहोर ढुवानी सहज बनाएका थिए । तर, सहमति भएको एक महिनासम्म पनि कार्यान्वयनको चरणमा नगएपछि फेरि फोहोर ढुवानी रोक्ने चेतावनी दिएका छन् ।


महानगरको दाबी– हामीले भन्दा पनि संघीय सरकारबाट गर्नुपर्ने काम बाँकी छन् । समितिको आरोपलाई भने महानगरले सामान्य रूपमा लिँदै आएको छ । महानगरले केही दिनमा उनीहरूसँग वार्ता, छलफल हुने र सहमति गर्ने जनाएको छ । ‘बर्सातका कारण लिच्चड व्यवस्थापनमा केही समस्या भएको हो, फोहोर ट्यापिङ गर्न उनीहरूले माटो उठाउनै दिँदैनन् । त्यहाँको स्थानीय तहसँग भएको सहमतिअनुसार गर्नुपर्ने सबै काम भएका छन् । व्यक्तिगत रूपमा उठाएका समस्या त कसरी समाधान गर्न सक्छौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने ।

प्रतिक्रिया दिनुहोस्