Logo

झरना थापाको ‘एक भगवत् गिता’ को धमाकेदार ट्रेलर रिलिज

अनलाइन टिभी नेपाल काठमाडौं : विपिन कार्की स्टारर प्रतीक्षित चलचित्र ‘एक भगवत् गीता’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ ।अभिनेत्री झरना थापाद्वारा निर्मित चलचित्र यहि भाद्र २९ बाट देशभर एकैसाथ प्रदर्शन हुन् गइरहेको छ।

अल्पसंख्यक लैंगिक समुदाय (एलजीबीटआई) को कथावस्तुमा बनेको चलचित्रले मदेशको मैथिली समुदायलाइ प्रतिनिधित्व गर्दै विभेद, समानता र न्यायको सन्देश प्रवाह गरेको छ । चलचित्रमा अभिनेता विपिन कार्कीको कमलामाई पात्रले शशक्त भूमिका निर्वाह गरेको छ। पारालैंगिक चरित्रमा देखिएका विपिनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेको देख्न सकिन्छ । ट्रेलर रिलिज कार्यक्रममा आफ्नो पात्रबारे बोल्दा उनि पहिलोपल्ट भावुक भएको र उनीहरुको दुखलाई मनन गरेको बताएका थिए।

सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको चलचित्रमा अभिनेत्री सुहाना थापा, धिरज मगर, कविराज कुवंर र बालकलाकार जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठ जस्ता कलाकारको अभिनय रहेको छ। प्रेमकथाबाट बाहिर निस्केर समाजको कथा पस्किदा ठुलो रिस्कसंगै र राम्रो परिणामको अप्रेक्षा रहेकोमा झरनाले प्रस्ट पारेकिछन्।

प्रतिक्रिया दिनुहोस्