Logo

बली गुरुङको अंग्रेजी भाषामा रहेको गीत “हेलो माई हर्ट” सार्वजनिक

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा पृथक गीत अंग्रेजी भाषामा रहेको गीत “हेलो माई हर्ट” सार्वजनिक भएको छ ।

यस गीतमा बली गुरुङको शब्द, संगीत र स्वर रहेको छ । बली गुरुङको जन्म भुटानमा भएको हो । नेपालको २० बर्ष बसाईपछि अर्थात सन् २०१२ मार्च १ तारिखमा अमेरिका प्रबेश गरेका हुन् । सानै देखी नेपाली र अंग्रेजी गीत संगीतमा रुची राख्ने उनले अंगेजी भाषाको गीत सार्वजनिक गरेका छन् भने अर्काे पटक नेपाली गीत बजारमा ल्याउने सोच भएको उनले बताए ।

अंग्रेजी भाषामा रहेको गीत “हेलो माई हर्ट” मा राजु कार्कीको एरेञ्ज रहेको छ । गीतको भिडियोमा बली गुरुङ कै निर्देशन रहेको छ भने बुद्धि राईको छायांकन, भुवन क्षत्रीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बली राई र अम्बेर स्मिथको अभिनय रहेको छ ।

यस गीतलाई बली गुरुङ कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतको भिडियोको छायांकन अमेरिकाको बिभिन्न रमणिय स्थलहरुमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्