Logo

नायिका निरुता सिंहले गरिन् विवाह

काठमाडौं, १६ भदौ । चर्चित नायिका निरुता सिंहले विवाह गरेकी छिन् । उनले भारत मुम्बईका सञ्जीव गुलाटीसँग लगनगाँठो कसेकी हुन् । नायिका सिंहले आफूले गत बिहीबार सञ्जीवसँग विवाह गरेको जानकारी गराएकी छिन् । पतिसँगको तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छिन्–

मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर- परिवार, आफ़न्त तथा छर-छिमेकहरु , मेरा चलचित्र कर्मी साथी-भाई अनि अग्रज व्यक्तित्वहरु,बिभिन्न माध्यमका संचारकर्मीहरु लगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाईं मलाई “निरुता सिंह “ बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय , पूजनीय अनि ढोगनीय दर्शकमहानुभाउहरु को येतीका वर्ष देखी को एक मात्र प्रश्न , जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो ।त्यो हो …” निरुता जी बिहें कहिले गर्ने ?“ भन्ने प्रश्न … आज तेसै प्रश्न को जवाब दिन गई रहेको छु …. तपाईहरुको निरुता सिंह ले गत बिहिबार 31st August 2023 को दिन मुम्बई निवासी श्री संजीभ गुलाटी संग लगन गाठो जोड़ेको छ …. हजुरहरु सम्पूर्ण को माया अनि आशीर्वाद को अपेक्षा गरेको छु …. चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु …. धेरै धेरै माया

प्रतिक्रिया दिनुहोस्