Logo

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परे कर अधिकृत

अनलाइन टिभी नेपाल काठमाडौं, नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन् ।

नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउन लागेका उनलाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिएक छन् । विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले जानकारी दिए । थप अनुसन्धानका लागि उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ । सापकोटाको साथमा रहेका अर्का कर्मचारी दीपक पौडेल भने भाग्न सफल भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्