Logo

मुकुन्द रिजालको निधनपछि महर्जन अध्यक्षमा नियुक्त

अनलाइन टिभी नेपाल काठमाडौं, काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षमा पुष्प महर्जन नियुक्त भएका छन् । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ । सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको थियो । वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्