Logo

चिकित्सक शुरक्षा नभएको भन्दै डाक्टरको सामुहिक राजीनामा

अनलाइन टिभी नेपाल काठमाडौं, चिकित्सक शुरक्षाको माग गर्दै हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले चिकित्सक कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई बुझाएका हुन् ।

अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर माथि आक्रमण गर्ने र कारवाहीका लागि प्रहरी प्रशासनले देखाएको आनाकानी विरुद्ध सामूहिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता देखिएको हो । ‘सेवा प्रवाह गरे बापत डाक्टर पिटिनुपर्ने, प्रहरी प्रशासनले कारबाहीमा गरेको ढिलासुस्ती डाक्टरहरूले सुरक्षित महसुस भएर काम गर्ने वातावरण छैन । त्यसैले सामूहिक राजीनामा लेखेकोबारे एक चिकित्सकले जानकारी गराएका छन्।

हेटौँडा अस्पतालका मेसु डा. सापकोटा मार्फत हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउने तयारी गरिएको छ।

‘प्रहरी प्रशासन कै अगाडी डाक्टर काट्छ मार्छु भन्ने धम्की आउँदा सम्म सुरक्षा निकाय मौन देखिएपछि त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था बनेन र हामी सामूहिक राजीनामाको तयारीमा लागेका हौँ ।’ उनले भने, ‘हामीले ७८ जना डाक्टरको हस्ताक्षर सङ्कलन गरेका छौँ । उक्त सङ्कलित हस्ताक्षरसहितको राजीनामा पत्र मेसु सापकोटा मार्फत प्रशासनमा जान्छ । त्यसमा उहाँको पनि हस्ताक्षर रहन्छ । सोही अनुसार राजीनामा पत्रमा ७९ जनाको हस्ताक्षर हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्