Logo

सडक सचेतना सप्ताह सुरु दुर्घटना नियन्त्रण सबैको जिम्मेवारी: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहक – २०८०” प्रभातफेरी र सभासहित आज सुरु भएको छ। त्यसक्रममा बिहान ७:३० मा दरवारमार्गबाट प्रभादफेरी गर्दै राष्ट्रिय सभागृहमा पुगि सभा गरिएको थियो।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अगुवाइ र उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गृहसचिव, नेपाल प्रहरीका आइजिपी, काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका सिडियो, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, यातायात व्यवसायीहरू, अन्य सरोकारवाला र सर्वसाधारणको उपस्थिति थियो।

सभामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै नभएर चालक र अन्यको समेत उत्तिकै जिम्मेवारीको पक्ष भएको बताउनुभयो। ‘यति समयमा गन्तव्यमा पुग्छौं भन्ने अनुमानलाई सिद्ध बनाउन सक्नु हामी सबैको जिम्मेवारी हो।’ उहाँले भन्नुभयो- ‘सडक जामले मानिसहरु समयमा काममा नपुग्ने, जामको बहाना देखाउने, दुर्घटनाबाट धेरै क्षति हुने र सडक गुणस्तरको समस्यालाई सबै मिलि समाधान गर्नुपर्छ।’ उहाँले सडक ट्राफिक लाइटको बैज्ञानिक प्रयोग गर्ने र ट्राफिक प्रहरीलाई थप ‘इन्सेन्टिभ’ दिनेबारे पनि छलफल चलिरहेको बताउनुभयो।

देशभरी गरी ६३ लाख सवारी
साधन दर्ता छन् भने काठमाडौंमा करीब २० लाख सवारी साधन दर्ता छन्। पछिल्लो पाँच वर्षमा देशभर १२८०० जनाको सडक दुर्घटनामा मृत्यु भएको छ भने उपत्यकामा मात्रै हजारभन्दा बढीको मृत्यु भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्