Logo

श्रीलंकालाई ८ रनले हराउँदै अफ्गानस्थान एसियाडको सेमिफाइनलमा प्रवेश

काठमाडौं,१७ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा पराजित भएसँगै उपाधि दावेदार मानिएको श्रीलंकाको एसियाड यात्रा समाप्त भएको छ ।

आज भएको क्वाटरफाइनलको खेलमा अफ्गानस्थानसँग ८ रनले पराजित भएसँगै श्रीलंकाको एसियाड यात्रा सकिएको हो । आज भएको खेलमा टस हारेपछि पहिला ब्याटिङ गरेको अफ्गानस्थानले १८ दशमलव ३ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको थियो । उसका लागि उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नुरले उत्कृष्ट पारी खेले । त्यस्तै साहीदुल्लाहले २३ तथा म्होमद शाहजादले २० रनको योगदान दिए । बलिङतर्फ श्रीलंकाका नुहाङ तुसराहले सर्वाधिक ४ विकेट लिएपनि जितका लागि पर्याप्त भएन् ।

अफ्गानस्थानले दिएको ११७ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १०८ रनमा समेटिएपछि अफ्गानस्थानले साघुँरो जित हात पार्दै सेमिफाइनलमा पुगेको हो । उसलाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान तीनरतीन विकेट लिएका थिए ।

हिजो भएको पहिलो क्वाटरफाइनलमा नेपाललाई २३ रनले हराउँदै अर्को उपाधि दावेदार राष्ट्र भारत सेमिफाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्