Logo

दशैंका लागि अग्रिम टिकट काट्न बसपार्कमा थामिनसक्नु भिड

अनलाइन टिभी नेपाल काठमाडौं, दशैंमा घर जानेका लागि खुशीको खवर, सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलाईएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।

बुकिङका लागि सबै व्यवस्थापन गरी खुल्ला गरिएको जनाइएको छ । हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्