Logo

इजरायलबाट विद्यार्थीको गुहार : साथीहरू गुमायौं, हामीलाई बचाउनुहोस् !

अनलाइन टिभी नेपाल काठमाडौं, इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा आफ्ना १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले आफूहरुलाई उद्धार गरिदिन आग्रह गरेका छन् । बंकरभित्र साथीहरुसँग रहेका विपिन सुवेदीले भिडियोमार्फत आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिनु आग्रह गर्नुभएको हो । उहाँले आफूहरूको अवस्था निकै नाजुक रहेको पनि बताउनुभएको छ ।

घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहे पनि आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको भन्दै उहाँले बंकरभित्र रहँदा कुन बेला मरिने हो भन्नेमा कुनै टुङ्गो नरहेको उल्लेख गर्नुभएको छ । उहाँले बैठक बसिरहेको छ, उद्धारको लागि पहल गर्दैछौं भनेर भन्ने काम मात्र नगरेर छिटोभन्दा छिटो उद्धार गर्न अपिल गर्नुभएको छ ।https://www.facebook.com/watch/?v=816915273559446

प्रतिक्रिया दिनुहोस्