Logo

धरहराभित्र निःशुल्क पार्किङको व्यवस्था

अनलाइन टिभी नेपाल काठमाडौं, व्यवस्थित पार्किङ्गमा काम गरिरहेको काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित गरेर धरहराभित्र अस्थायी पार्किङको व्यवस्था गरेको छ । निर्माणाधीन अवस्थामा रहेको धरहराको भूमिगत पार्किङलाई चाडपर्वका लागि प्रयोग गर्ने महानगरले व्यवस्था गरेको हो ।

बडा दसैँ, दीपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्र भित्र रहेको भूमिगत पार्किङलाई खुला गरेको हो । आइतबारदेखि उक्त स्थानमा निःशुल्क रूपमा अस्थायी पार्किङको व्यवस्था गरिएको काठमाडौँ महानगरले जनाएको छ । चाडपर्वको बेला किनमेल गर्नेहरूको भिडभाड बढी हुने भएको र पार्किङको समस्या देखिने गरेको भन्दै महानगरले अस्थायी पार्किङको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्