Logo

दसैँलगत्तै भारतीले फेरी सुरु गरिन् अनसन

अनलाइन टिभी नेपाल काठमाडौं, भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् ।
श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गरेकी हुन् ।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगलको सजाय संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए । त्यसपछि परिवारले विरोध गर्दै आएका छन् ।

भारतीले आज (आइतबार) बाट माईतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी हुन् । २०७२ असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्