Logo

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरलाई ८ विकेटले हराउँदै नेपाल विजयी

अनलाइन टिभी नेपाल काठमाडौं, आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले शानदार जित हात पारेको छ । सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेल खेलेको नेपाल ८ विकेटले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनायो । १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले मात्र २ विकेटको क्षतिमा १६ शमदलव ३ बल खेल्दै जित हात पार्यो।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाएर आउट भए । यस्तै नेपालका कप्तान रोहितकुमार पौडेलले २४ बलमा ३५ रन जोेडे । जबकी ओपनर ब्याट्सम्यान आशिफ शेखले २६ बनलमा २७ रन बनाए । सिङ्गापुरका लागि अक्षय पुरीले १ विकेट लिए । काठमाडौँमा जारी छनोटमा समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्