Logo

आरोही प्रकाशराज पाण्डे अफ्रिकाको सर्वोच्च शिखरमा

अनलाइन टिभी नेपाल काठमाडौं, सातै महादेशका अग्ला हिमाल आरोहणको अभियान ( सेभेन समिट ) मा अफ्रिका पुगेका रामेछापका प्रकाशराज पाण्डेले अफ्रिका महादेशको सर्वोच्च शिखर किलिमन्जारो हिमालको सफल आरोहण गरेका छन् । पाण्डे स्थानीय समयअनुसार अक्टोबर ३१ को बिहान ६ बजेर ४० मिनेटमा उक्त हिमालको शिखरमा पुगेका थिए ।

नेपाली आरोही अफ्रिकाको सर्वोच्च शिखरमा तान्जानियामा पर्ने उक्त हिमाल ५ हजार ८ सय ९५ मिटर अग्लो छ । पाण्डेले शिखरमा पुगेपछि नेपालको राष्ट्रिय झण्डा र स्काउटको झण्डा फहर्‍याएका थिए । किलिमन्जारो हिमाल आरोहण गर्ने उनी रामेछापका दोस्रो आरोही हुन् । यसअघि रामेछाप नगरपालिकाका सानोबाबु सुनुवारले उक्त हिमालको सफल आरोहण गरेका थिए । रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ निवासी पाण्डेले उक्त अभियानको क्रममा गत जुनमा युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रसको सफल आरोहण गरिसकेका छन् । पाण्डेले नेपालका सर्वोच्च शिखर सगरमाथा, अमादब्लम, मनास्लु लगायतका हिमाल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्