Logo

झापाबाट काठमाडौं आउँदै गरेको बस बारामा ट्रकसँग ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु

काठमाडौं,४ पुस । झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ। बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ट्रक चालक तनहुँ पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३(००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए । घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्