Logo

यूएईबाट काठमाडौं आएको जहाजको शौचालयभित्र मृत शिशु फेला

काठमाडौं,४ पुस । यूएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ।

बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो। एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । ती यात्रु कहाँकी हुन् भन्नेबारेमा खुलेको छैन।

शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो । स्रोतका अनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ । ती महिला करिब १५ मिनेट विमानको शौचालयमा थिइन् । नवजात शिशु फेला परेपछि सोधखोज गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको हो । थप विवरण आउन बाँकी छ ।

📸 Look at this post on Facebook https://www.facebook.com/share/v/WnUuFy8QKWDqVczD/?mibextid=WC7FNe

प्रतिक्रिया दिनुहोस्