Logo

आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले सुरुगर्‍यो ‘फायर बाइक’ सेवा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ गरेको छ। उपमहानगरपालिकाले आगलागी नियन्त्रण गर्न दुई वटा फायर बाइक किनेर सेवा प्रारम्भ गरेको हो ।

आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छिटो पुगेर आगलागी निभाउने कार्य गर्न फायर बाइकको सेवा प्रारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले बताए । आगलागी तथा विपद्जन्य जोखिमका बेला मोटरसाइकल दमकल उपयोगी हुने उनको विश्वास छ ।

मोटरसाइकल दमकल दमकलभन्दा छिटो आगलागीस्थल पुग्ने मेयर हमालले बताए । ‘धनगढी उपमहानगरपालिकाले दुई वटा फायर बाइक ल्याएको छ। आगलागी भएको खबर पाउनेबित्तिकै यो बाइक जान्छ, दमकलभन्दा यो छिटो हुन्छ,’ उनले भने, ‘तत्काल बचाउनुपर्ने कुरालाई यसले बचाउनमा मद्दत गर्छ।’ आगलागी तथा विपद्जन्य जोखिमका बेला मोटरसाइकल दमकल उपयोगी मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्