Logo

टिकटकबाट बसेको प्रेम, आयुषको गृहजिल्ला अछाम पुगिन एलिजे

टिकटकर आयुष सिंह ठकुरी र एलिजेह जमाली (एलिजे) को जोडी अछाम पुगेको छ।आयुषको गृहजिल्लासमेत रहेको अछाममा उनीहरूलाई भव्य स्वागत गरिएको छ। आयुष अछामको साँफेबगर नगरपालिका–४, खालसैनस्थित मामाघरमा हुर्किएका हुन्।

सोमबार अछाम पुगेको यस जोडीलाई साँफेबगर नगरपालिकामा बाजागाजासहित स्वागत गरिएको हो।उनीहरुको स्वागतमा नगरपालिकाले विशेष कार्यक्रमसमेत गरेको छ। आयुषको गृहनगर पुग्दा एलिजेहले एकदमै खुसी व्यक्त गरेकी छन्। उनले उत्साहित भएर स्थानीयसँगै डेउडा पनि खेलेकी छन्।

करिब एक साता सुदूरपश्चिममा बिताउने गरी पुगेका उनीहरू खप्तड, छेडे दह र रामारोशनलगायतका पर्यटकीय गन्तव्य पनि पुग्ने कार्यक्रम छ। यस क्रममा उनीहरूले बयलपाटा अस्पताल, वैद्यनाथ लगायतका क्षेत्रमा सामाजिक सेवाका काम पनि गर्ने उनका पारिवारिक सदस्यले जानकारी दिएका छन्।

हिन्दु परिवारका आयुष र पाकिस्तानी मुस्लिम परिवारकी एलिजेहबीच केही समयअघि मात्र संयुक्त अरब इमिरेट्सको दुबईमा टीकाटालो (इन्गेजमेन्ट) भएको थियो।उनीहरूबीच टिकटकबाटै परिचय भएर विवाह गर्नेसम्मको निधो भएको हो।

प्रतिक्रिया दिनुहोस्