Logo

पूर्वराजा ज्ञानेन्द्रको देश दौडाहः सर्लाहीमा उर्लियो जनसागर

सर्लाही, २८ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् । उनी धार्मिक प्रयोजनका लागि देश दौडाहमा दिएपछि उनको समर्थनमा जनसागर उर्लने गरेको छ । पछिल्लो पटक भक्तपुर, झापा हुँदै सर्लाही पुगेका पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा हजारौं मानिस स्वतस्फूर्त सडकमा आउन थालेका छन् ।

सर्लाहीको बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरनाथ महादेवको दर्शनका लागि पुगेका पूर्वराजालाई त्यहाँका स्थानीयहरुले भव्य स्वागत गरेका थिए । साथै, उद्योग बाणिज्य संघ बरहथवाले समेत पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेको थियो । त्यसैगरी विभिन्न धार्मिक संघ/संस्था र नागरिक समाजले उनको स्वागत गरेका थिए । मुक्तेश्वरनाथको दर्शन सकेर उनी आजनै वीरगञ्जतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्