Logo

इलाम-२ मा राप्रपाले लक्ष्मी गुरुङलाई मैदान उतार्ने

काठमाडौं,१५ चैत । आसन्न उपनिर्वाचनका लागि इलाम २ मा राप्रपाले उम्मेदवारको टुंगो लगाएको छ ।

राप्रपाको आज बसेको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई इलाम २ को टिकट दिने निर्णय गरेको हो । यसअघि इलाम जिल्ला कमिटीले गुरुङसहित ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी राप्रपा शिक्षा विभागका सदस्य छन् ।

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि एमालेले सुवासपुत्र सुहाङलाई टिकट दिँदा रास्वपाले पहिचानवादी मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ ।

सत्ताको अर्को दल नेकपा एकीकृत समाजवादीले गाउँपालिकाको अध्यक्षमा पराजित जितबहादुर राईलाई टिकट दिँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंग्याउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्