Logo

उपनिर्वाचनः इलाम–२ बाट रास्वपाको उम्मेदवार मिलन लिम्बु

काठमाडौं, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असन्न उपनिर्वाचमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि रास्वपाले सार्वजनिक गरेको ६ जनाको नाम मध्ये लिम्बुलाई सर्वसम्मत उम्मेदवार बनाइएको हो ।

लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । पछिल्लो पटक रास्वपाले उनीसँग संवाद बढाउँदै गएको थियो । लिम्बु यसअघि नेकपा (माओवादी केन्द्र) निकट थिए । दलको आवद्धता त्यागेर स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा होमिएका लिम्बु अन्ततः रास्वपाको उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्