Logo

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय इलाम पुगेर इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचन लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन दिए निर्देशन

इलाम १७ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचन तयारीबारे जानकारी लिनुभएकाे छ। इलाम रहनुभएका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिनुभएकाे हाे।

एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उप-निर्वाचनकाे तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोत-साधनकाे अभाव नहुने भएकाले तयारीदेखि परिणाम घाेषणासम्म मिहिन र जनविश्वसनीय याेजना बनाउनु

निश्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन गृह मन्त्रालयले तत्काल गर्नु पर्ने काम भए जानकारी गराउनु हाेला। आवश्यक समन्वय र स्रोत-साधन उपलब्ध

विषय: कानूनले दिएकाे अधिकार प्रयोग गर्नुस्। के गराैं भनेर साेध्नु भयाे भने तपाईंलाई चाहिँ के गर्ने हाे साेच्नु पर्ईं

हरु राजनीतिक दलकाे दलदलमा नफस्नुस्। हाम्रोसहित सत्ता सहयात्री दल वा अन्यबाट दबाब र प्रभाव आयाे भने मलाई भन्नुस्, त्याे म थेग्छु।
नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हाे, नागरिकले कुनै पनि कुरामा गुनासाे गर्नु नपराेस्।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उप-निर्वाचन तयारीसहित जिल्लाकाे वस्तुस्थिति, सेवा प्रवाहकाे अवस्था, सुरक्षा चुनाैतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराउनु भएकाे थियाे। प्रजिअ यादवका अनुसार उप-निर्वाचनमा ३ हजार सुरक्षाकर्मी परिचालन गरिने छ।

प्रतिक्रिया दिनुहोस्